प्रधानसेनापतिको कार्यभार सिग्देललाई, शर्मा भोलिदेखि बिदामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानसेनापतिको कार्यभार सिग्देललाई, शर्मा भोलिदेखि बिदामा

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८१, बिहीबार

     काठमाडौं । नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले बिहीबार सिग्देललाई कार्यभार बुझबुझारथ गरेका छन् ।

    शर्मा नेपाली सेनाबाट २५ भदौदेखि अनिवार्य अवकाशमा जान लागेका  छन् । त्यसअघि भोलिदेखि बिदामा बस्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी शर्माले करिब ४१ वर्ष सेवा गरेका गरेका छन् ।