कलेस्तीका युवायुवतीलाई बाजा, बासुरी र मादल बजाउने सीप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कलेस्तीका युवायुवतीलाई बाजा, बासुरी र मादल बजाउने सीप

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८१, शनिबार

    दमौली । नेवार संस्कार एवं संस्कृति प्रबर्द्धन र संरक्षण गर्ने उद्धेश्य सहित तनहुँको व्यास नगरपालिका-७  कलेस्तीमा बाजा, बासुरी र मादल बजाउने तालिम सप्पन्न भएको छ  ।

    नेवारी संस्कृतिको मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि गर्न नेवा खल कलेस्तीले १२ जना  युवालाई कलेस्तीमै पहिलो पटक बाजा बजाउने सीप सिकाएको हो ।

    तालिममा धिमे र टाकटुकेका लागि कुशल श्रेष्ठ र प्रज्वल श्रेष्ठले प्रशिक्षण दिएका थिए । बासुरी र मादल बजाउन  ओमप्रकाश श्रेष्ठले सहजीकरण गरेका थिए ।

    कुनै न कुनै जात्रा, उत्सव, चाडपर्व, मेला, गुठी, नाचगान आदि भइरहेका  हुनाले संस्कृति प्रबर्द्धन र संरक्षणका लागि युवालाई संस्कृति हस्तान्तरण गर्न आवश्यक रहेकाले तालिम दिइएको नेवा खल कलेस्तीका अध्यक्ष सम्भुलाल प्रधानले जानकारी दिए ।