ऑबुखैरेनीमा दैनिकजसो दुर्घटना हुने सडकको अनुगमन, स्पीड ब्रेकर राखिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा दैनिकजसो दुर्घटना हुने सडकको अनुगमन, स्पीड ब्रेकर राखिने

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८१, बुधबार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी-३ चिसापानीमा दिनहुँजसो दुर्घटना भइरहेको ठाउँको सरोकारवाला निकायले बुधबार अनुगमन गरेका छन् ।

    केही दिनयता दैनिकजसो सवारी साधन दुर्घटना भइरहेको ठाउँको अवस्था जानकारी लिने उद्धेश्यले जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा अनुगमन गरिएको हो ।

    तत्काल र दिर्घकालिन समाधान गर्नको लागि अनुगमनमा सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवाली र ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान सहभागी थिए ।

    त्यस ठाउँमा पछिल्लो एक महिनाको अवधिमा १३ वटा सवारी साधन चिप्लिएर दुर्घटनामा परेका छन् ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बाटो चिप्लने समस्याको समाधान खोजिएको जानकारी दिए। तत्काललाई गति नियन्त्रण गर्न चार स्थान मा स्पीड ब्रेकर राख्ने तयारी गरिएको छ। त्यस्तै भदौ दोस्रो सातासम्ममा सडक डिभिजनले चिप्लो खण्डमा कालोपत्रे गरी सडक मर्मत गर्ने सहमति भएको चुमानले जानकारी दिए ।