वातावरणमैत्री नगरपालिका बनाउने अभियानमा सघाउन व्यासकाे आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वातावरणमैत्री नगरपालिका बनाउने अभियानमा सघाउन व्यासकाे आग्रह

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८१, बुधबार

    दमाैली । व्यास नगरपालिकाले वातावरणमैत्री नगरपालिका बनाउने अभियान सहयाेग गर्न नगरवासीमा आग्रह गरेकाे छ । नगरपालिकाले बुधबार प्रेस विज्ञप्ती जारी गरी वातावरणमैत्री नगरपालिका निर्माणमा दीर्घकालीन सोचका साथ अघि बढेकाे सन्दर्भमा याे अभियानमा नगरवासीकाे सहयाेगकाे अपेक्षा गरिएकाे जनाएकाे छ ।

    विगत लामो समयदेखि समाधान हुन नसकेको फोहोर व्यवस्थापनमा स्थायी समाधानका लागि विज्ञद्वारा वर्गीकरणकाे काम भइरहेकाे नगरपालिकाका वन तथा वातावरण समिति संयाेजक रनसिं नेपालीले बताए ।

    उनका अनुसार कुहिने फोहोर व्यास–१०, गौ संरक्षण केन्द्रमा विसर्जन गरिएको छ भने नकुहिने फोहोरलाई पुनःप्रयोगमा आउने सामग्री छुट्याई बिक्रीमा पठाइनेछ । त्यस्तै शिशाजन्य सामग्री अलग्गै संकलन गरी बिक्रीमा गइसकेको र स्थायी समाधानका लागि जग्गा खरिद प्रक्रिया अघि बढिसकेको उनले उल्लेख गरे ।

    व्यास नगरपालिका क्षेत्रभित्र गत जेठ १ गतेदेखि प्लाष्टिकका झोला, प्लेट, कप लगायतका हानिकारक प्लाष्टिक जन्य वस्तुको प्रयोगलाई निषेधित गरिएकाे भन्दै उनले थपे, ‘वातावरण प्रदूषण न्यूनीकरण गर्दै वातावरणलाई स्वच्छ र सफा राख्न व्यास नगरपालिकाद्वारा बनेको व्यासनगर प्लाष्टिक जन्य वस्तुको प्रतिबन्ध गर्ने सम्बन्धी ऐन २०८१ र सोको कार्यविधि अनुसार प्लाष्टिकका झोला, ग्लास र प्लेटको प्रयोगलाई निषेध गर्ने र सोको सट्टामा वातावरण मैत्री कपडा, जुट वा कागजका झोलाहरू र कागजका कप प्लेट वा दुना टपरी वा जैविक पदार्थबाट बनेका वस्तुहरू मात्र प्रयोग गर्न आग्रह गरेका छाै ।’

    निषेधित वस्तुहरू व्यासनगर क्षेत्रभित्र उत्पादन, बिक्री वितरण वा प्रयोग गर्न प्रतिबन्ध गरिएको र नगरको ऐन नियम विपरित गरेको पाइएमा नगरपालिकाले नगरसभाबाट पारित ऐन अनुसार जरिवाना गरिने जनाइएकाे छ ।

    No description available.