प्रजातन्त्र सेनानी भट्टराई रहेनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रजातन्त्र सेनानी भट्टराई रहेनन्

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८१, बिहीबार

    दमौली । तनहुँको व्यास-१२ कमलवारी घर भई हाल काठमाडौ निवासी प्रजातन्त्र सेनानी श्रीराम भट्टराईको निधन भएको छ । भट्टराईको बिहीबार काठमाडौमा निधन भएको हो ।

    निर्मल माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहेका उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

    स्वर्गीय भट्टराईका छोरा दीपक र छोरी गीता भट्टराई छन् ।

    उनले आफ्नो जीवनकालमा प्रजातन्त्रका लागि लड्दै समाजमा अमूल्य योगदान पुर्याएका थिए ।