दमौली । ब्राम्हण समाज नेपाल तनहुँ शाखाले साेमबार दुई सय बढीलाई सामूहिक रक्षाबन्धन गरिदिएको छ । जनैपूर्णिमाको अवसरमा व्यास-३ स्थित अनसनचौतारीमा दुई सय बढीलाई रक्षाबन्धन गरिएकाे हाे ।
रक्षाबन्धन कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार सामूहिक रक्षाबन्धनमा बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्मकाे सहभागिता थियो ।
समाजमा रहेको जातीय विभेद न्यूनीकरणका लागि सामूहिक रक्षाबन्धन गरिएको समाजले जनाएकाे छ ।