दुर्घटना अपडेट : २९ जनाको उद्धार, १४ अचेत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    दुर्घटना अपडेट : २९ जनाको उद्धार, १४ अचेत

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८१, शुक्रबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको बस दुर्घटनामा २९ जनाको उद्धार गरिएको छ । त्यसमध्ये १४ जना अचेत अवस्थामा छन् भने १५ जना होसमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाउने काम भइरहेको उनले बताए ।

    पोखराबाट काठमाडौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खसेको हो । अप्ठ्यारो भिर भएका कारण घाइतेलाई डोरी लगाएर माथि सडकसम्म तान्नुपर्ने अवस्था रहेको छ ।

    घाइतेको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा लागिरहेको छ ।