पुस्तकालय दिवसमा साहित्यकार सागर उदासलाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पुस्तकालय दिवसमा साहित्यकार सागर उदासलाई सम्मान

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८१, शनिबार

    दमाैली । १७ औं पुस्तकालय दिवसको अवसरमा साहित्यकार सागर उदास सम्मानित भएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले शनिबार आयोजना गरेको कार्यक्रममा साहित्यकार उदासलाई सम्मान गरिएको हो ।

    नेपाली भाषा, साहित्य, गीत, गजलमा सिर्जनामा पु¥याएको विशेष योगदान स्वरुप उदासलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतले उनलाई सम्मान गरेका थिए ।