दमौली । २२० केभीको जम्पर छिन्दा दमौली लगायत आसपास विद्युत अवरुद्ध भएको छ । आइतबार राति १० बजेदेखि दमौली लगायतका आसपासका ठाउँमा विद्युत अवरुद्ध भएको हो ।
मर्मत कार्य भइरहेको र दुई घण्टामा विद्युत सुचारु हुन सक्ने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।