कफी बगैंचा सुधार तथा व्यवस्थापन सम्बन्धी प्रयाेगात्मक तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    कफी बगैंचा सुधार तथा व्यवस्थापन सम्बन्धी प्रयाेगात्मक तालिम

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८१, बिहीबार

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-५ स्थित नयाँगाउँमा किसानलाई कफी बगैंचा सुधार तथा व्यवस्थापन सम्बन्धी प्रयाेगात्मक तालिम दिइएकाे छ ।

    राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, पोखरा र कृष्मी सहकारीको समन्वयमा कृषकलाई कफी बगैंचा सुधार तथा व्यवस्थापन सम्बन्धी प्रयोगात्मक तालिम दिइएकाे हाे ।

    May be an image of 7 people, people studying and text

    कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका निमित्त निर्देशक पबित्र अधिकारी, चिया तथा कफी प्राविधिक नगेन्द्र सुबेदी, शुक्लागण्डकी नगरपालिका कृषि विकास अधिकृत दिप कुमार उपाध्याय, आइ पि एम प्रशिक्षक सरस्वती गौतम लगायतले सहजीकरण गरेका थिए ।

    तालिममा नयाँ गाउँ कृष्मी समुहमा आवद्ध किसानहरु लगायत शुक्लागण्डकी नगरपालिका वडा न १, २,३,५ र ६ का कफी खेती गर्ने किसानहरुको सहभागिता रहेकाे सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।