तनहुँका चार स्थानीय तह कोरोनामुक्त (हेर्नुहोस् विस्तृतमा)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    तनहुँका चार स्थानीय तह कोरोनामुक्त (हेर्नुहोस् विस्तृतमा)

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, मंगलवार

    तनहुँ । तनहुँमा कोरोना सङ्क्रमित निको हुने क्रम बढ्दै गएको छ । कूल सङ्क्रमितमध्ये ९०.७१ प्रतिशत कोरोना सङ्क्रमित निको भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
    कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार एक सय ८३ सङ्क्रमित रहेकामा मङ्गलबारसम्म १ सय ६६ जना निको भएका छन् ।

    उहाँका अनुसार जिल्लाका दश स्थानीय तहमध्ये चार स्थानीय तह कोरोनामुक्त भएका छन् । शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र देवघाट गाउँपालिकाका कोरोनामुक्त भएका हुन् ।

    भानु नगरपालिकामा ११ जना सङ्क्रमित रहेकामा ८, व्यास नगरपालिकामा २९ सङ्क्रमित रहेकामा २३, शुक्लागण्डकी नगरपालिकामा १४ सङ्क्रमित रहेकामा १४, भीमाद नगरपालिकामा १३ सङ्क्रमित रहेकामा १२, म्याग्दे गाउँपालिकामा १३ सङ्क्रमित रहेकामा १०, घिरिङ गाउँपालिकामा ४५ सङ्क्रमित रहेकामा ४५, देवघाट गाउँपालिकामा १ सङ्क्रमित रहेकामा १, बन्दीपुर गाउँपालिकामा २३ सङ्क्रमित रहेकामा २०, आँबुखैरेनी गाउँपालिकामा ६ सङ्क्रमित रहेकामा ५ जना निको भएका छन् ।

    अब भानु नगरपालिकाका ३, व्यास नगरपालिकाका ६, भीमाद नगरपालिकाका १, म्याग्दे गाउँपालिकाका ३, बन्दीपुर गाउँपालिकाका ३ र आँबुखैरेनी गाउँपालिकाका १ जना मात्रै कोरोना निको हुन बाँकी छ ।

    ३ हजार ४ सय ८१ स्वाब सङ्कलन

    यसबीचमा जिल्लाका सबै स्थानीय तहका ३ हजार ४ सय ८१ जनाको स्वाब सङ्कलन गरिएको छ । भानु नगरपालिकामा २ सय ३१, व्यास नगरपालिकामा ७ सय ४८, दमौली अस्पतालमा १५, शुक्लागण्डकी नगरपालिकाका ३ सय ६८, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा १ सय २४, भीमाद नगरपालिकाका ३ सय ४९, म्याग्दे गाउँपालिकामा २ सय ४६, घिरिङ गाउँपालिकामा ३ सय १९, ऋषिङ गाउँपालिकामा ४ सय ८८, देवघाट गाउँपालिकामा १ सय १३, बन्दीपुर गाउँपालिकाका २ सय २९ र आँबुखैरेनी गाउँपालिकामा २ सय ५१ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो । यो सङ्ख्या क्वारेन्टिनमा बसेका र कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका लागि लिइएको नमूना समेत हो ।