पहिराले अवरुद्ध विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराले अवरुद्ध विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८१, आईतवार

    दमाैली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज दिउँसो पहिरो खस्दा अवरुद्ध भएको विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालन भएको छ । चुनपहरा नजिक ठूलो ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

    प्रहरी, स्थानीय तथा जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर राजमार्ग नियमित सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । उनका अनुसार पहिराले अवरुद्ध भएका पृथ्वीराजमार्गअन्तर्गत जिल्लाका विभिन्न खण्डमा एकतर्फी रुपमा आवागमन सञ्चालन भइरहेका छन् ।

    शनिबारको पहिरोले अवरुद्ध भएको व्यास नगरपालिका–१२ घाँसीकुवा, बन्दीपुर गाउँपालिका–१ चिसापानी र व्यास नगरपालिका–३ मादी पुल नजिक एकतर्फी रुपमा सवारीसाधन सञ्चालन भइरहेका प्रनाउ रायले बताए ।