बन्दीपुरले हटाएका करारका कर्मचारीलाई नहटाउन उच्चको अन्तरिम आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरले हटाएका करारका कर्मचारीलाई नहटाउन उच्चको अन्तरिम आदेश

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८१, बिहीबार

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हटाएका करारका कर्मचारीलाई नहटाउन उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । गाउँपालिकाले भदौ १ देखि हटाएका आठ जना कर्मचारीलाई तत्काल नहटाउन अन्तरिम आदेश दिएको हो ।

    करारका कर्मचारी काशीनाथ भट्टराईले दायर गरेको रिट उपर बुधबार सुनुवाइ गर्दैै मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले निवेदकहरुलाई हाजिर नरोक्न अल्पकालिन आदेश जारी गरेको हो ।

    अदालतले कात्तिक ४ गते दुवै पक्षलाई छलफलका लागि बेलाएको छ ।