देवघाटका विभिन्न ठाउँमा छ दिनपछि विद्युत सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटका विभिन्न ठाउँमा छ दिनपछि विद्युत सुचारु

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    दमाैली । गत असाेज १२ गतेकाे वर्षापछि त्रिशुली नदीमा आएकाे बाढीले विद्युत खम्बामा क्षति पुगेर अवरुद्ध भएकाे देवघाटका विभिन्न ठाउँमा छ दिनपछि विद्युत सुचारु भएकाे छ ।

    देवघाट गाउँपालिका-५ बगन्दीगाउँ र साेही वडाकाे बुद्धचाेकमा छ दिनपछि आज विद्युत सुचारु भएकाे हाे ।

    नदीकाे बाढीले भरतपुर महानगरपालिका-२१ सत्रकिलाेमा देवघाटस्थित बगन्दी गाउँ जाने ११ केभीकाे लाइन बगाएकाे थियाे । त्यस्तै भरतपुर महानगरपालिका-२९ जुगेडीदेखि बुद्चाेक जाने ११ केभी लाइन नदीले बगाएकाे थियाे । दुवै ठाउँमा मर्मत पश्चात् विद्युत सुचारु भएकाे नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएकाे छ ।

    गाउँपालिका, वडा कार्यालय, सशस्त्र प्रहरी शिक्षालय कुरिनटार र स्थानीयवासीकाे प्रयासबाट विद्युत सुचार भएकाे जनाइएकाे छ ।