तनहुँ क्रिकेट लिग : दमौली क्रिकेट क्लव र बैरेनी युवा क्लव फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ क्रिकेट लिग : दमौली क्रिकेट क्लव र बैरेनी युवा क्लव फाइनलमा

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८१, शनिबार

    दमाैली । तनहुँको दमौलीमा जारी तनहुँ क्रिकेट लिग अन्तर्गत दमौली क्रिकेट क्लव र बैरेनी युवा क्लव फाइनलमा प्रवेश गरेका छन् । दमौली क्रिकेट क्लवको आयोजनामा आज भएको पहिलो खेलमा दमौली राइभल्सलाई पराजित गर्दै बैरेनी युवा क्लव फाइनल प्रवेश गरेको हो ।

    दमौली राइभल्स विरुद्ध बैरेनी युवा क्लवले छ विकेटको फराकिलो जित निकालेको छ । टस जितेर पहिले व्याटिङ रोजेको दमौली राइभल्सले १५.२ ओभरमा ओभरमा सबै विकेट गुमाउँदै ६९ रन मात्र बनाएको थियो ।

    जवाफी व्याटिङमा उत्रिएको बैरेनीले ८.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । चार ओभर बलिङ गरेर १३ रन मात्र खर्चेर तीन विकेट लिएका बैरेनी युवा क्लवका अनुप अधिकारी म्यान अफ द म्याच घोषित भए ।

    त्यस्तै दोस्रो खेलमा मकामना युवा क्लवलाई पराजित गर्दै दमौली क्रिकेट क्लव फाइनल पुगेको छ । दमौली क्रिकेट क्लव एक सय ८८ रनले विजयी भएको छ । दमौली क्रिकेट क्लवले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । दमौली क्रिकेट क्लवले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै दुई सय ९२ रन बनाउन सफल भयो । जवाफी ब्याटिङमा उत्रिएको मनकामना युवा क्लव सम्पुर्ण विकेट गुमाउँदै मात्र एक सय चार रनमा सीमित भएको थियो ।

    फाइनल खेल आइतबार दिउँसो २ बजे हुने आयोजक क्लवका प्रविण पौडेलले जानकारी दिए। प्रतियोगितामा विजेताले नगद रु ३० हजार र उपविजेताले रु १५ हजार प्राप्त गर्नेछन् ।