तनहुँ कालिकामा भाेलि फूलपाती भित्र्याइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ कालिकामा भाेलि फूलपाती भित्र्याइने

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८१, बुधबार

    दमाैली । व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका मन्दिरमा भाेलि बिहीबार फूलपाती भित्र्याइने भएकाे छ । बडादसै‌काे अवसरमा बिहीबार नेपाली सेना र नेपाल प्रहरीकाे डाेली सहित मन्दिरमा फूलपाती भित्र्याउन लागिएकाे हाे ।

    नेपाली सेना र प्रहरीकाे फूलकाे डाेली बाजागाजा सहित कालिका मन्दिरमा लगेर भित्र्याउने कार्यक्रम रहेकाे तनहुँ कालिका सहिद पार्कका निवर्तमान अध्यक्ष इश्वरबहादुर विष्टले जानकारी दिए ।

    प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शुक्रबारशास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।