पाइलट पढ्न गएका दमौलीका युवा दक्षिण अफ्रिकामै अस्ताए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाइलट पढ्न गएका दमौलीका युवा दक्षिण अफ्रिकामै अस्ताए

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८१, शुक्रबार

    दमौली । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थको दक्षिण अफ्रिकामा सवारी दुर्घटनामा परी निधन भएको छ ।

    एक वर्ष अगाडी पाइलट अध्ययनका लागि दक्षिण अफ्रिका पुगेका पन्थको गत असोज १७ गते घटनास्थापनका दिन आफैले चलाएको कार दुर्घटनामा परी मृत्यु भएको हो । दसैंको पूर्व सन्ध्यामा भएको दुर्घटनाले पन्थका आफन्तजन शोकमा डुबेका छन् ।

    दश महिने कोर्ष पूरा गरेका पन्थले घटनास्थापनका दिन साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी ज्यान गुमाएका छन् । कानूनी प्रक्रिया पूरा गरी पन्थको शव आज राति दमौली ल्याउँदै गरेको पारिवारिक स्रोतले जनाएको छ । शव आएसँगै आजै राति दाहसंस्कार गर्ने तयारी गरिएको छ ।