रवि लामिछाने पक्राउ, पोखरा ल्याइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछाने पक्राउ, पोखरा ल्याइने

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०८१, शुक्रबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई प्रहरीले गर्दै गर्दा पार्टी कार्यलयमा कार्यकर्ताले नारावाजी गरेका छन् । पक्राउ पर्नुअघि रविले कार्यकर्ता र सञ्चारकर्मी सानो छोटो सम्बोधन गरेका थिए ।

    रविले आफूले कुनै पनि अपराध नगरेको तर राजनीतिक प्रतिसोध साध्न खोजिएको बताए । न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

    आफ्नो सम्बोधनपछि रविले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीलाई गिरफ्तारी दिए । सीआईबीका एसपी होविन्द्र बोगटीले रविलाई पाखुरामा समातेर लगे ।