थप्रेक दौड प्रतियोगितामा मगर प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    थप्रेक दौड प्रतियोगितामा मगर प्रथम

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०८१, शनिबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा आज आयोजित दौड प्रतियोगितामा पोखराका गिरु मगर प्रथम भएका छन् । दसैंको अवसरमा तमु हरियाली क्लबले आयोजना गरेको प्रतियोगितामा निर्धारित आठ किलोमिटर दूरी ३४ मिनेट ११ सेकेण्डमा पार गर्दै मगरले उपाधि जितेका हुन् ।   
      
    उक्त दूरी ३७ मिनेट १८ सेकेण्डमा पार गर्दै स्थानीय अनमोल गुरुङ द्वितीय र ३८ मिनेट १८ सेकेण्डमा पार गर्दै आरोह गुरुङ तृतीय भए । ओखल्दीबाट सुरु भएको दौड ठाँटी, थप्रेक, काठीपिपल, राम्दी हुँदै गैरीस्वारा पुगेर टुङ्गिएको थियो ।

    क्लबका अध्यक्ष लोकबहादुर गुरुङकाअनुसार विजेताले क्रमशः रु १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।