दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारका अवसरमा देउसीभैलो राति १० बजेसम्म खेल्न आग्रह गरेको छ ।
जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो, नाचगान जस्ता कार्यहरु राति १० बजेसम्म शान्तिपुर्वक रुपमा गर्न प्रशासनले आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले चाडपर्वहरु सभ्य, मर्यादित, सुरक्षित एवम् खुसीयाली पूर्वक मनाउन आग्रह गरेका छन् ।
पटका, आतिसवाजी, झिरझिरे, भुईचम्पा जस्ता विष्फोटकजन्य पदार्थ प्रयोग नगर्नु हुन र त्यस्ता पदार्थहरुको आयात, ओसारपोसार बिक्रिवितरण समेत नगर्न नगराउन, जुवातास, लड्ङ्गुरबुर्जा खेल्ने/खेलाउने कार्य नगर्न नगराउन, देउसी, भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित एवम् अनुशासित रुपमा गर्न गराउन आग्रह गरिएको भण्डारीले बताए ।