दमाैली । नेपाल संवत ११४५ को अवसरमा तनहुँका विभिन्न स्थानमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल संवतको अवसरमा जिल्लाका विभिन्न पालिकामा शनिबार शुभकामना आदानप्रदान तथा सांस्कृतिक झाँकी सम्पन्न भएको छ ।
दमौलीमा नेवा देय दवु गुठी समन्वय समिति व्यास नगरको आयोजनामा नेपाल संवतको अवसरमा सांस्कृतिक झाँकी सहित शुभकामना आदानप्रदान सम्पन्न भएको छ । सांस्कृतिक भेषभूषामा सजिएका नेवार समुदायका व्यक्तिहरुले दमौली बजारको परिक्रमा गरेका थिए ।
नेपाल संवतको अवसरमा आँबुखैरेनी, म्याग्दे लगायतका ठाउँमा पनि झाँकी सहित कार्यक्रम गरिएको थियो ।