बारा । बारा-४ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले प्रसौनी गाउँपालिकास्थित नौतनमा आयोजित विष्णु पुराण महायज्ञमा रु ५१ हजार आर्थिक सहयोग गरेका छन् ।
सांसद श्रेष्ठले आफूले प्राप्त गर्ने सुविधाबापतको रकमबाट महायज्ञलाई उक्त रकम सहयोग गरेका हुन् ।
शनिबार महायज्ञका अध्यक्ष विश्वनाथ साह कानुलाई सांसद श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका थिए ।
सांसद श्रेष्ठले आफूले प्राप्त गर्ने तलबभत्ता सामाजिक काममा सहयोग गर्दै आएका छन् ।