कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा सरर …
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा सरर …

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८१, आईतवार

    सुर्खेत । नेपाल प्रिमियर लिग (एनपिएल)को कर्णाली याक्स टिमले आज सुर्खेतको बुलबुल तालमा अवलोकन भ्रमण गरेको छ । एनपिएल सुरु हुनुभन्दा केही दिन अघि मात्रै प्रचारप्रसारका क्रममा सुर्खेत आइपुगेको टोलीले आज बुलबुल तालमा मोटरबोटमा मनोरञ्जन लिएको हो ।

    प्रशिक्षक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र  कप्तान सोमपाल कामीको नेतृत्वको टोलीले बुलबुल तालमा बिताएको मोटरबोट सञ्चालक कम्पनी सञ्चालक विष्णु ढकालले जानकारी दिए ।

    टोलीका कप्तान कामीले आफूलाई मोटरबोट निकै रमाइलो लागेको बताए । “यो मेरो पहिलो मोटरबोट अनुभव यो, पर्यटकीय हिसाबले निकै सम्भावना भएको पाएँ, सबैले एकपटक मोटरबोटको अनुभव लिन म आग्रह गर्दछु”, उनले भने । 

    करिब एक करोड रुपैयाँ लगानीमा सुरु भएको मोटरबोटपछि पछिल्लो समय त्यहाँ आउने पर्यटक बढेका छन् । लामो समयदेखि अत्यधिक फोहोरका कारण अलपत्र अवस्थामा रहेको ताल सफाइ गरी कम्पनीले गत वैशाखदेखि मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो ।

    कम्पनीले बीरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने गरी मोटरबोट सञ्चालन सुरु गरेको हो । तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा प्रवाह गरिरहेको छ ।

    कम्पनीले नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणगढ र देवघाट सर्लाहीको भरतताल र पृथ्वी राजमार्गमा रहेको तल्लो मर्स्याङदी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालन गर्दै आएको छ ।

    मोटरबोट सञ्चालनपछि बुलबुल तालको मोटरबोट पर्यटकीय गन्तव्य बनेको छ । तालमा मोटरबोट सञ्चालन भएसँगै उद्यान परिसरमा पर्यटक बढ्दा राजस्व बढेको छ । साथै मोटरबोटकै कारणले कम्तीमा २० जना फोटोग्राफरका लागि समेत रोजगारी सृजना भएको छ ।