काठमाडौ । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज (आइतबार) बिहान उनलाई अदालत उपस्थित गराइएको थियो । सहकारीको रकम गोरखा मिडियाबाट ल्याइएको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीलाई म्याद थप भएसँगै काठमाडौं ल्याउने तयारी छ ।
सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेमाथि चितवनमा समेत उजुरी परेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौं जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । सोही आरोपमा छविलाल जोशीलाई काठमाडौं ल्याएर बयान लिइसकिएको छ ।