काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पनि पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ बढाउने निर्णय गरेको छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ लिटरमा २ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ ।