दमौली। नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा शरण सापकोटा चयन भएका छन् । मंगलबार सम्पन्न नगर सम्मेलनले सापकोटाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।
नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र भण्डारी, उपाध्यक्षमा सुमन आले, दीपक सापकोटा, सचिवमा सरोज पौडेल, सहसचिवमा अनिष ढकाल, कोषाध्यक्षमा हिमकुमारी पौडेल चयन भएका छन् ।
नगर कमिटी अध्यक्ष मनराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीप्रति जनताको आकर्षण बढेको पुष्टि गरेको उल्लेख गरे ।