तनहुँका आठ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका आठ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व चयन

    खबरपुञ्ज संवाददाता

    १ पुष २०८१, मंगलवार

    दमौली । तनहुँ जिल्लाका आठ स्थानीय तहमा नेकपा (माओवादी) केन्द्रको नयाँ नेतृत्व चयन भएको छ । मङ्सिर महिनाभर सञ्चालन भएको गाउँ तथा नगर सम्मेलनबाट दश स्थानीय तहमध्ये आठ स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ ।

    भिमाद नगर कमिटी र बन्दीपुर गाउँ कमिटीमा नेतृत्व चयन हुन बाँकी रहेको नेकपा (माओवादी) केन्द्रका जिल्ला अध्यक्ष ओमराज आलेले जानकारी दिए ।

    देवघाट गाउँ समितिको अध्यक्षमा भुवनसिंह गुरुङ, आँबुखैरेनी गाउँ समितिको अध्यक्षमा खगराज गौली, भानु नगर समितिको अध्यक्षमा भरतबहादुर थापा, व्यास नगर समितिको अध्यक्षमा गोपाल सुर्खाली, म्याग्दे गाउँ समितिको अध्यक्षमा बालकृष्ण श्रेष्ठ, शुक्लागण्डकी नगर समितिको अध्यक्षमा शरण सापकोटा, घिरिङ गाउँ समितिको अध्यक्षमा चुननारायण श्रेष्ठ र ऋषिङ गाउँ समितिको अध्यक्षमा डम्बर विक निर्वाचित भएका छन् ।

    बन्दीपुर गाउँ समितिको अधिवेशन सम्पन्न भइसकेपनि नेतृत्व चयन हुन बाँकी रहेको छ भने भिमाद नगर समितिको अधिवेशन पुस २० गतेका लागि तोकिएको आलेले जानकारी दिए ।