सिन्धुका अपाङ्गता भएका विद्यार्थीलाई गफ्फारद्वारा न्यानो कपडा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सिन्धुका अपाङ्गता भएका विद्यार्थीलाई गफ्फारद्वारा न्यानो कपडा सहयोग

    खबरपुञ्ज संवाददाता

    १ पुष २०८१, मंगलवार

    दमौली । व्यास नगरपालिका-५ स्थित सिन्धु प्राथमिक विद्यालयका अपाङ्गता भएका विद्यार्थीलाई मङ्गलबार न्यानो कपडा वितरण गरिएको छ । युवा अभियान्ता सुदीप गफ्फारले विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन् ।

    ‘न्यानो अभियान’ अन्तर्गत उनले विद्यालयमा आयोजित कार्यक्रममा ती विद्यार्थीलाई सहयोग गरेका हुन् । चिसोमा बालबालिकालाई सहज होस् भनेर यो अभियान चलाएको उनको भनाई छ ।

    विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले गफ्फारको अभियानले समाजमा सकारात्मक सन्देश दिएको बताए ।