प्रेस चाैतारी नेपाल तनहुँकाे अधिवेशन भाेलि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस चाैतारी नेपाल तनहुँकाे अधिवेशन भाेलि

    खबरपुञ्ज संवाददाता

    २० माघ २०८१, सोमबार

    दमाैली । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अधिवेशन आगामी भाेलि माघ २२ गते मङ्गलबार हुने भएकाे छ । अधिवेशनकाे सबै तयारी पूरा भएकाे शाखाले जनाएकाे छ ।

    प्रेस चौतारीको स्थापना दिवसको अवसर पारेर अधिवेशन गर्न लागिएकाे सचिव ऋषिकान्त दुवाडीले जानकारी दिए । अधिवेशनकाे नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देलले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

    साेही कार्यक्रममा प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

    प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।