विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै तनहुँ प्रहरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै तनहुँ प्रहरी

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०८१, मंगलवार

    दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएको छ । प्रहरीले विद्यालय स्तरमा सडक दुर्घटना न्यूनीकरण, साइबर अपराध, लागू औषध सम्बन्धि सचेतनामूलक कार्यक्रमलाई अगाडी बढाएको हो ।

    विद्यालय स्तरदेखि नै यस्ता कार्यक्रम सञ्चालन गर्दा बढी प्रभावकारी हुने प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले बताए । उनले भने, ‘जिल्लाभित्रका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम नियमित रुपमा सञ्चालन गरिनेछ ।’

    यसैक्रममा व्यास नगरपालिका-२ स्थित सत्यवती माविमा सचेतनामूलक कार्यक्रम गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “साईबर अपराध, लागु औषध र सडक सुरक्षा” जस्ता विभिन्न समाजमा घटी आएका सामाजिक अपराध बारे प्रशिक्षण दिएका थिए ।