तनहुँ । करीब एक हजार सवारीसाधनमा ‘जिम्मेवार चालक म’ स्टीकर टॉस गरिएको छ । रोटरी क्लब अफ दमौली र रोटर्याक क्लब अफ दमौलीले सोमबार एक हजार सवारीमा उक्त स्टीकर टॉसेको हो ।
“सवारी दुर्घटना न्युनिकरणमा हाम्राे अभिभारा” भन्ने मूल नारालाई आत्मसाथ गर्दै ट्राफिक चाेक, अनसन चोक, गणेशमान चोकमा विभिन्न सवारीसाधनमा उक्त स्टीकर टॉसिएको रोटर्याक्ट क्लवका अध्यक्ष राज श्रेष्ठले जानकारी दिनुभयो ।
क्लवलो गत वर्ष पनि उक्त स्टीकर टॉस गरेको थियो । “सवारी चालकको लापरवाहीका कारण दुर्घटना हुने गरेकाले दुर्घटना न्युनीकरणमा सहयोग पुर्याउने उदेश्यले उक्त स्टीकर टॉसेका हौ,” उहॉले भन्नुभयो ।
क्लवले बिना मास्क पैदल र सवारीमा आवतजावत गर्ने ४०० भन्दा बढीलाई निशुल्क मास्क समेत वितरण गरेको छ ।