काठमाडौं । भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएकाे छ । उहाँले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएकाे हाे ।
उहाँले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यवाद भन्नुभएकाे छ । सन् २००७ मा भारतबाट कप्तानी गरेका उहाँले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएकाे छैन ।