व्यास नगरपालिकाको सरसफाइ केन्द्र : जग्गा व्यवस्थापन गर्न सहजीकरण समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाको सरसफाइ केन्द्र : जग्गा व्यवस्थापन गर्न सहजीकरण समिति गठन

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०८१, शुक्रबार

    दमाैली, २२ चैत । व्यास नगरपालिकाको सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापन गर्न सहजीकरण समिति गठन गरिएको छ । नगरपालिकाको शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले जग्गा व्यवस्थापनका लागि नगरप्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको हो ।

    समितिमा व्यास नगरपालिका–१३ का वडाध्यक्ष, वन वातावरण तथा सरसफाइ समितिका संयोजक, सबै राष्ट्रिय मान्यता प्राप्त स्थानीय राजनीतिक दलका प्रतिनिधि सदस्यका रुपमा रहेका छन् ।

    बैठकले डेङ्गुको प्रकाप पुनः देखिन थालेकाले स्वास्थ्य संस्थामार्फत् डेङ्गु नियन्त्रणका लागि सचेतना कार्यहरु गर्न गराउन सबै वडा समितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।

    वनजङ्गलमा डढेलोको प्रकोप बढ्दै वायु प्रदूषण भएकाले डढेलो नियन्त्रण गर्न गराउन सम्बन्धित वडा समितिमार्फत् टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक वन समितिका प्रतिनिधि, नागरिक समाजलाई अभिमुखीकरण गर्न गराउन सम्बन्धित वडा समितिलाई निर्देशन दिने निर्णय गरेको उनले बताए ।

    No description available.