


दमाैली, २२ चैत । व्यास नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासङ्घ तनहुँको समन्वयमा व्यास नगरपालिका–७ कलेस्तीस्थित वडा कार्यालयमा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक एवं विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई आयोजना गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले जनताको विकास चाहना र अपेक्षा पूरा गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत केदार आचार्यले नगरपालिकाबाट चालु आर्थिक वर्षमा भएका प्रगति विवरण सार्वजनिक गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिका–७ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, ११ का वडाध्यक्ष दलबहादुर दुरा लगायत उपस्थित थिए।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारीले गरेका थिए ।