मिर्गौला पीडितलाई वीरता टोलको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडितलाई वीरता टोलको सहयोग

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, मंगलवार

    तनहुँ । तनहुँको व्यास नगरपालिका-४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई सोही वडाको वीरता टोल विकास संस्थाले रु १७ हजार ६ सय सहयोग गरेको छ । श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले टोलले पीडित श्रेष्ठलाई उक्त रकम सहयोग गरेको हो ।

    उक्त रकम टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेत लगायत
    सदस्यहरुले पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । रकम
    हस्तान्तरण गर्दै टोल विकास संस्थाका पदाधिकारीले श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

    विगत १८ महिनादेखि दुवै मिर्गौला फेल भएपछि श्रेष्ठले दमौली अस्पतालमा डायलासिस गर्दै आउनुभएको छ ।