दमाैली, २५ वैशाख । क्षेत्रीय होटल सङ्घ तनहुँको अध्यक्षमा चन्द्र कायस्थ सर्वसम्मत चयन भएका छन् । सङ्घको बिहीबार सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा दशौ अधिवेशनबाट कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट सङ्घको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा विपीन प्रधान, द्वितीय उपाध्यक्षमा रामचन्द्र खड्का, सचिवमा सीता पहारी, कोषाध्यक्षमा सङ्गिता प्रधान र सदस्यहरुमा सुरज गुरुङ, इश्वरप्रसाद लामिछाने र सुनिल खड्का चयन भएका छन् ।