मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८२, शनिबार

    नवलपरासी, २७ वैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका—१, लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको छ । 

    मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु१३प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार कावासोती—११, शान्तिटोलका २४ वर्षीय  ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उद्धार गरी उपचारनिम्ति मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले मृत घोषणा गरेका हुन् ।