थापा मेडिकलमा उपचार गराएकी थिइन् अम्रेनीकी महिलाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थापा मेडिकलमा उपचार गराएकी थिइन् अम्रेनीकी महिलाले

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, मंगलवार

    तनहुँ । पोखरामा सोमबार राति निधन भएकी तनहुँको व्यास नगरपालिका–१ अम्रेनीकी महिलाले दमौलीस्थित प्रजुन थापा मेडिकल हलमा उपचार गराएको खुलेको छ । ती महिलाले पोखरा जानु अगाडी उक्त मेडिकलमा सामान्य उपचार गराएको खुलेको हो ।

    मधुमेह र निमोनियाकी बिरामी रहेकी ५० वर्षीया ती महिलाको सोमबार राति कास्की सेवा अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको सोमबार बिहानै स्वाब सङ्कलन गरिएको थियो । उनको मृत्यु भइसकेपछि मङ्गलबार प्राप्त रिपोर्टमा पोजिटिभ देखिएको थियो ।

    उक्त मेडिकल तत्कालका लागि बन्द गरी त्यहाँका सञ्चालकलाई घरभित्रै सुरक्षित रुपमा बस्न लगाइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । “उक्त मेडिकलमा ती महिला आएको त्यहाँका सञ्चालकले पनि बताउनुभएको छ, उहाँहरुको पनि स्वाब सङ्कलनको तयारी हुँदैछ,” उहाँले भन्नुभयो ।