


दमौली, २१ असार । जेठ १७ गते आयोजित बुल्दीखोला सरसफाइ अभियानमा सहभागी भए बापत अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरिएको छ।
शनिबार उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा संघका अध्यक्ष वैकुण्ठनाथ मिश्र र सामाजिक अभियान्ता सुदीप गफ्फारले उनीहरुलाई सम्मान गरेका हुन् ।
त्यसक्रममा मिश्रले सरसफाइ मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै फोहर व्यवस्थापनमा आफै सक्रिय हुनुपर्ने बताए ।
अपाङ्गता अधिकारकर्मी मदन पौडेलले अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिएको हौसलाले अन्यलाई पनि अभियानमामा जान प्रेरित गरेको बताए ।
अभियान्ता सुदीप गफ्फारले अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति र योगदानलाइ उच्च प्राथमिकतामा राखी समाजका हरेक गतिविधिमा सक्रिय सहभागी भएर उल्लेखनीय योगदान पुर्याउन सकिने सबै निकायको हातेमालो गरि सँगै अगाडि बढनुपर्ने बताए।
कार्यक्रममा जिल्लाका अपाङ्गताको क्षेत्रमा क्रियाशील संघ संस्था रिसेड, सहृदयी मञ्च नेपाल, अपाङ्गता महिला सशक्तीकरण समाज, व्यास लेखाजोखा केन्द्रका अपाङ्गता अधिकारकर्मी तथा प्रतिनिधिहरु सहभागी थिए ।