एसइइ उत्तीर्ण विद्यार्थीलाई व्यास नपाकाे बधाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एसइइ उत्तीर्ण विद्यार्थीलाई व्यास नपाकाे बधाइ

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८२, आईतवार

    दमाैली, २२ असार । व्यास नगरपालिकाले एसइइमा उत्तीर्ण हुने विद्यार्थीलाई आइतबार सम्मान गरेकाे छ । जिल्ला सभाहलमा आयाेजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्याैपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे लगायतले विद्यार्थीलाई खादा लगाएर सम्मान गरेका हुन् ।

    त्यसक्रममा नगरप्रमुख न्याैपानेले विद्यार्थीहरूलाई निरन्तर परिश्रम, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिँदै व्यास नगरपालिका सधैँ शिक्षा, युवा तथा भविष्य निर्माणमा समर्पित रहने प्रतिवद्धता व्यक्त गरे ।

    नतिजामा सुधार

    गत वर्ष २०८० मा नगरभित्रको एसइइ सफलता दर ४५.०८ प्रतिशत मात्र रहेकामा यस वर्ष साे दर ७५.०७ प्रतिशतमा उक्लिएको नगरपालिकाले जनाएकाे छ । यसले नगरपालिकाको शिक्षामैत्री नीति, विद्यालयहरूसँगको सहकार्य र विद्यार्थीहरूको मेहनतले ठोस परिणाम दिएको पुष्टि गरेको दावी नगरपालिकाकाे छ ।