


दमौली, २२ असार । तनहुँको ऑबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षकलाई सम्मान गरेका छन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले आइतबार शिक्षकलाई सम्मान गरेका हुन् ।
विद्यार्थीहरुले शैक्षिक यात्रामा पाइलापाइलामा साथ दिने, हौसला दिने, सिकाउने, र सम्भावना देख्ने शिक्षकहरूप्रति धन्यवाद अर्पण गर्दै सम्मान कार्यक्रम आयोजना गरेका हुन् ।
शिक्षकहरूलाई विद्यार्थीहरूद्वारा गरिएको यस्तो आत्मिक सम्मान सायद पहिलो पटक देखिएको दृश्य थियो—जहाँ शब्दहरूभन्दा भावनाहरू बलिया थिए, र ‘गुरु’ शब्दको सार झन प्रगाढ देखिएको थियो।
विद्यार्थीबाट गरिएको सम्मानले खुशी बनाएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले बताए ।