


दमौली, २८ असार। तनहुँ सौन्दर्य व्यवसायी सङ्घले सामाजिक अभियान्ता सुदीप गफ्फारलाई सम्मान गरेको छ। सङ्घले शनिबार १२ औ साधारण सभा तथा आठौं अधिवेशनको अवसर पारेर गफ्फारलाई सम्मान गरेको हो।
एक असल अभियन्ताका रूपमा सामाजिक रूपान्तरणका लागि पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै संघले उनलाई सम्मान गरेको हो।
व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै र संघका अध्यक्ष मञ्जु पिया श्रेष्ठले गफ्फारलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
सङ्घले गरेको सम्मानले आफूलाई सामाजिक सेवामा लाग्न अझ प्रोत्साहन गरेको गफ्फारको भनाइ छ।