


दमाैली, १२ साउन । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट लागुऔषध सहित एक जनालाई प्रहरीले साेमबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कास्कीकाे पाेखरा महानगरपालिका-१६बस्ने २४ वर्षीय सन्ताेषा तामाङ रहेकाे इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएकाे छ ।
प्रहरी टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई जाँच गर्ने क्रममा तामाङले बाेकेकाे कालो रंगको साईडमा भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडाेल हाइड्राेक्लाेरिड क्याप्सुल ८४० थान बरामद गरेकाे जनाएकाे छ ।