झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा शैक्षिक सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा शैक्षिक सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८२, मंगलवार

    दमाैली, १३ साउन । झुल बहादुर आले स्मृति प्रतिष्ठानले व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पस छात्रावासका विद्यार्थीलाई शैक्षिक सामग्री सहयाेग गरेकाे छ । प्रतिष्ठानले छात्रावासमा बसेर अध्ययन गर्ने कक्षा-११ का योजना थापा, बीबीए दोश्रो वर्षमा अध्ययनरत स्वस्तिका आचार्य, कक्षा-१२ विज्ञान विषय अध्ययनरत अर्पणा पन्थ र बीएड दोश्रो विज्ञान समूहमा अध्ययनरत सलिना मझकोटीलाई शैक्षिक सामग्री वितरण गरेकाे हाे ।

    प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले उनीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । त्यसक्रममा आलेले प्रतिष्ठानले विभिन्न क्षेत्रमा सहयाेग गर्दै आएकाे बताए ।

    संविधानसभा सदस्य स्वर्गीय झुलबहादुर आलेको योगदानलाई चीरस्थायी बनाउन झुलबहादुर आले स्मृति प्रतिष्ठान गरिएको छ ।