पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८२, बिहीबार

    काठमाडौ, १५ साउन । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ घटाएको छ भने डिजेल तथा मट्टितेलको २ रुपैयाँ बढाएको छ । 

    यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २१ डलरले बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    नयाँ मूल्य आजै रातिदेखि लागू हुनेछ ।  जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १५९ रुपैयाँ कायम भएको छ भने डिजेलको १५० रुपैयाँ पुगेको छ ।