


दमाैली, १८ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा आइतबार भएको विद्युतीय माइक्रो दुर्घटनामा नौ जना घाइते भएका छन् । पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०४५० नम्बरको इभी माईक्रो दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।
चालकले नियन्त्रण गुमाएर डिभाइडरमा ठोक्किदा माइक्रो सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । माइक्रोमा चालकसहित १२ जना सवार थिए । घाइते नौ जनालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ ।
माइक्रो चालक रुपन्देहीको मर्चवार गाउँपालिका– ४ बस्ने २१ वर्षीय महेश धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।