


दमौली, १९ साउन । पृथ्वीराजमार्ग अन्तर्गत ऑबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आइतबार भएको बस दुर्घटनाका तीन घाइते डिस्चार्च भएका छन् ।
ग २ ख १०७७ नम्बरको बस करिब १५ मिटर तल खस्दा बसमा सवार पाँच जना घाइते भएकामा तीन जना डिस्चार्ज भएका हुन् ।
घाइते मध्य गम्भीर अवस्थामा रहेका सनबहादुर गुरुङ र सुनु थापालाई भरतपुर रिफर गरिएको छ ।
ऐनापहरामा रोकिराखेको बस व्याक गर्ने क्रममा चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको थियो । त्यसक्रममा आठ जना ढोकाबाट ओर्लिन भ्याएका थिए ।