सुनको मूल्य हालसम्मकै महंगो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्य हालसम्मकै महंगो

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८२, शुक्रबार

    काठमाडौं, २३ साउन । नेपाली बजारमा सुनको मूल्य दुई लाखनजिक पुगेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

    यसअघि, मंगलबारको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । मंगलबार सुन एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबारको तुलनामा आज सुनको मूल्य एकहजार रुपैयाँले बढेर कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँ बढेर कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला दुईहजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।