तनहुँका तीन हजार घरमा खानेपानी विस्तार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका तीन हजार घरमा खानेपानी विस्तार

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८२, बुधबार

    दमाैली, ११ भदाै । तनहुँमा एक वर्षको अवधिमा करिब तीन हजार घरधुरीमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले आर्थिक वर्ष २०८१÷८२ मा जिल्लामा दुई हजार नौ सय २७ घरधुरीमा खानेपानी सुविधा विस्तार गरेको हो ।

    कार्यालय प्रमुख शम्भुराज खनालले गण्डकी प्रदेश सरकार मार्फत् दुई हजार दुई सय २१, सङ्घ सरकार सशर्त कार्यक्रममार्फत् दुई सय २६ र विशेष अनुदानमार्फत् चार सय ८० घरधुरीमा खानेपानी सुविधा विस्तार गरिएको जानकारी दिए ।

    अघिल्लो आर्थिक वर्ष २०८०÷८० मा जिल्लाका दुई हजार घरधुरीमा खानेपानी सुविधा विस्तार गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा दुई हजार एक सय २८, आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार दुई सय ९७, आर्थिक वर्ष २०७७÷७८ मा चार हजार तीन सय १७, आर्थिक वर्ष २०७६÷७७ मा दुई हजार तीन सय ५४ र आर्थिक वर्ष २०७५÷७६ मा एक हजार नौ सय चार घरधुरीमा खानेपानी सुविधा पुगेको खनालले बताए ।

    चालु आर्थिक वर्ष २०८२÷८३ मा जिल्लाका चार हजार तीन सय घरधुरीमा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य रहेको खनालको भनाइ छ । प्रदेश सरकारमार्फत् दुई हजार, सङ्घ सरकार सशर्तमार्फत् आठ सय र विशेष अनुदानमार्फत् एक हजार पाँच सय घरधुरीमा खानेपानी सुविधा विस्तार गरिने खनालले उल्लेख गरे ।

    कार्यालयका लागि आर्थिक वर्ष २०८१÷८२ मा पुँजीगततर्फ रु ४३ करोड दुई लाख बजेट विनियोजन भएकामा रु ३९ करोड ४६ लाख ९१ हजार खर्च भएको छ । पुँजीगततर्फ कार्यालयले ९३ प्रतिशत प्रगति हासिल गरेको छ ।

    कार्यालयले नयाँ खानेपानी आयोजनाहरुको माग, सर्वेक्षण, डिजाइन, खानेपानी आयोजनाहरुको निर्माण कार्य कार्यान्वयन, आयोजनाको सामग्री निकासा, खानेपानी आयोजनाहरको निर्माणमा प्राविधिक सहयोग, आयोजनाहरुको अनुगमन, निरीक्षण, सुपरिवेक्षण, आयोजनामा भए गरेका कार्यहरुको मूल्याङ्कन तथा भुक्तानी लगायतका कार्य गर्दै आएको छ ।