


दमौली, १२ भदौ ।मुग्लिन पोखरा सडक अन्तर्गत पश्चिम खण्डको जामुने बजारमा फाइनल कालोपत्र गरिएको छ । यसअघि पहिलो चरणको कालोपत्र गरिएको पश्चिम खण्डको सुरु विन्दुदेखि फाइनल कालोपत्र गर्न थालिएको हो ।
पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरासम्म हालसम्म ५७ प्रतिशत भौतिक प्रगति भएको छ । अधिकांश ठाउँमा दुई लेन सडक कालोपत्र भइसकेको छ भने केही ठाउँमा चार लेनमा कालोपत्र गर्न बॉकी छ ।


